१५ आश्विन २०८३, बिहीबार

उपनिर्वाचनको सबै तयारी पूरा,मतदानस्थलमा एम्बुलेन्स तथा दमकललाई तैनाथ अवस्थामा राख्न निर्देशन

एसीपी संवाददाता

९ बैशाख २०८०, शनिबार ०९:२३ मा प्रकाशित

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा भोलि हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सबै मतदानस्थलमा आवश्यक चुनावी सामग्री पनि पुर्याइसकिएको जनाएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त, विश्वसनीय र सुरक्षितरूपमा सम्पन्न गर्न आयोगले सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ।

उपचुनाव हुने जिल्लाका अस्पताल, नर्सिङ होमलगायत सबै स्वास्थ्य संस्था निर्बाधरूपमा सञ्चालन हुने व्यवस्था मिलाउनुका साथै एम्बुलेन्स तथा दमकललाई तैनाथ अवस्थामा राख्न निर्देशन दिइएको छ ।
त्यस्तै, सुरक्षा निकाय र सञ्चार सेवा प्रदायक कम्पनीलाई पनि आफ्नो सेवा चुस्त बनाउन र चुनावका क्रममा सहज उपलब्धताका लागि आयोगले निर्देशन दिएको छ ।

चुनावमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले आफ्नो कर्तव्यभन्दा बाहिर गएर चुनावलाई प्रभावित हुने कुनै क्रियाकलाप गरेको भेटिएमा कारबाही गरिने पनि आयोगले जनाएको छ । कोभिड–१९ लगायत सङ्क्रामक रोगको जोखिमलाई ध्यान दिँदै स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न, गराउन पनि आयोगले आग्रह गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x