१६ आश्विन २०८३, शुक्रबार

तुइनबाट खसेर ६५ वर्षमा ६४ ले गुमाए ज्यान

एसीपी संवाददाता

१० बैशाख २०८०, आईतवार ०९:५२ मा प्रकाशित

काठमाडौँ,  । नेपाल–भारतबीचको सीमानदी महाकालीमा तुइनबाट खसेर एक जना नेपाली नागरिकको ज्यान गएको छ। दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो।

घरबाट भारतीय बजार धारचुला सामान किन्न जाने क्रममा तल्लो दुम्लिङस्थित महाकाली नदीमा तुइनबाट खसेर उहाँको मृत्यु भएको वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिनुभयो। नदीमा खसेलगत्तै स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्दा बुढाथोकी मृत अवस्थामा भेटिएको उनले बताए ।

तुइनबाट खसेर मृत्यु भएको यो पहिलो घटना होइन। पछिल्ला ६५ वर्षमा दार्चुलाका मात्रै ६४ जना यसरी नै महाकालीमा बिलाएका छन् तर तीमध्ये तीन जनाको मात्रै शव भेटिएको छ। ६१ जनालाई प्रहरी र स्थानीय तहको वडा कार्यालयले बेपत्ताको सूचीमा राखेका छन्। २०१६ यता तुइनबाट महाकालीमा खसेकामध्ये व्यास गाउपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारी, व्यास गाउँपालिका–५ का दिलीपसिंह धामी र वीरसिंह धामीको शव मात्रै भेटिएको छ।

सबैभन्दा बढी व्यास गाउँपालिका–२ का मात्रै २५ जना तुइनबाट खसेर बेपत्ता भएका छन्। व्यास–६ का आठ, व्यास–५ का १९, व्यास–३ का पाँच र व्यास–४ का तीन जना बेपत्ता छन्। दार्चुलाकै नौगाड गाउँपालिकाका एक, दोलखाको भीमेश्वर नगरपालिका–६ का एक, कैलाली लम्कीका एक र ठेगाना नखुलेका अर्का एक जना पनि तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका छन्। यो समाचार गोरखापत्र दैनिकमा छ । File Photo

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x