१६ आश्विन २०८३, शुक्रबार
मौसम अनुकुल नहुदा पोखरा बाट फर्कियो यति एयरको विमान
आज देशको विभिन्न स्थानम बद्ली रहेको छ । मौसम अनुकूल नहुदा एयरलाईन्स सेवा समेत प्रभावित भएको छ । काठमाडौं देखि पोखराको लागि उडेको यति एयरको YT – 677 खराव मौसमका अवतरण हुन नसकी काठमाडौं फर्केको छ । एयरलाइन्स बाट प्राप्त जानकारी अनुसारको मौसम अनुकूल हुने बित्तिकै पुनः उडान भरिने बताएको छ ।
यसैगरी जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। अपरान्हपछि देशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
राति भने लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। 

Subscribe
Login
0 Comments


