१ आश्विन २०८३, बिहीबार

गीता प्रेस शताब्दी वर्ष महोत्सवमा श्रीमद्भागवतको नेपाली अनुवाद गरी विमोचन

एसीपी संवाददाता

३० बैशाख २०८०, शनिबार ०७:४३ मा प्रकाशित

काठमाडौं – गीता प्रेस शताब्दी वर्ष महोत्सवमा श्रीमद्भागवत महापुराणको नेपाली अनुवाद गरी विमोचन गरिएको छ । स्वामी श्रीप्रखरजी महाराजको उपस्थितिमा आयोजित महोत्सवमा एक हजारजना उपस्थित थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको शुभकामना सन्देश वाचन गरी सुरु भएको महोत्सवमा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले विशेष आतिथ्यता गरेकी थिइन् । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वैशाख २० गते पूजा एवं प्रसाद वितरण र वैशाख २६ गते माहेश्वरी भवनमा सुन्दरकाण्ड पाठ गरिएको थियो ।

अयुतचण्डी महायज्ञमा पाल्नु भएका पण्डित एवं भक्तजनहरूलाई प्रसाद स्वरूप कल्याण, मानव मात्रको कल्याणको लागि, नित्य स्तुति एवं प्रार्थना, परलोक और पुनर्जन्म पुस्तक दाताको सहयोगमा निःशुल्क वितरण गरियो ।

गीता प्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष जयकिशन सारडाले गीता प्रेसको संक्षिप्त जानकारी एवं नेपालमा सुरु भएको पुराणहरूको अनुवादबारे जानकारी गराएका थिए । स्वामी श्रीप्रखरजी महाराजले आर्शिवचन प्रदान गरेकमा थिए । सो अवसरमा उनको सम्मान गरिएको थियो ।

राज्यमन्त्री ठकुरीले नेपालमा गीता प्रेसको अन्तर्राष्ट्रिय शाखाको रूपमा गीता प्रेस शताब्दी वर्ष महोत्सव भएकोमा खुसी व्यक्त गर्दै सनातन धर्मको क्षेत्रमा गीता प्रेसको योगदान अतुलनीय रहेको बताइन् । १०० वर्षको इतिहास भएको संस्था गीता प्रेस गोरखपुर विश्व सम्पदामा सूचीकृत हुनुपर्ने उनले धारणा व्यक्त गरिन् ।

श्रीमद्भागवत महापुराणका नेपाली सम्पादक प्रा. शिवगोपाल रिसालले श्रीमद्भागवतको नेपाली अनुवादको विषयमा प्रकाश पारेका थिए । शिवमहापुराणका नेपाली सम्पादक प्रा.डा. काशीनाथ न्यौपानेले श्री शिवमहापुराणको बारेमा प्रकाश पारेका थिए । उनीहरूले आगामी दिनमा गीता प्रेसबाट पुराण एवं सनातन साहित्यका पुस्तक नेपाली भाषामा प्रकाशित हुँदै जाने बताए ।

पशुपतिनाथका मूल भट्ट गणेश रावल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले शुभकाना दिएका थिए । गीता प्रेस गोरखपुरका टस्ट्री देवीदयाल अग्रवालले गीता प्रेसको १०० वर्षको इतिहास र नेपालका लागि नेपाली भाषाको पुस्तक छपाइमा गीता प्रेसबाट भएका कार्य र आगामी दिनमा गरिने कार्यबारे जानकारी गराएका थिए ।

कार्यक्रममा विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित विभिन्न धार्मिक एवं सामाजिक संघ, संस्था, संस्कृति विद्याश्रम, वाल्मीकि संस्कृत विद्यापिठ विद्याश्रम, मारवाडी समाजका विभिन्न संघसंस्थाका पदाधिकारी, विद्वत वर्ग, गुरु, विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x