१४ आश्विन २०८३, बुधबार

रेशम चौधरी भए जेलमुक्त

एसीपी संवाददाता

१५ जेष्ठ २०८०, सोमबार ०९:१६ मा प्रकाशित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलमुक्त भएका छन् ।

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरी सोमबार बिहान जेलमुक्त भएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि चौधरी जेलबाट मुक्त भएका हुन् ।

सन् २०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । उक्त घटनाको योजनाकार र मुख्य अभियुक्तका रूपमा चौधरीलाई अभियोजन गरिएको थियो ।

राष्ट्रपतिबाट गणतन्त्र दिवसको अवसरमा आम माफी पाएका उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति
पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, नेतृ एलिजा गौतमसहित पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरु डिल्लीबजार कारागार पुगेका थिए ।

उनीहरुले रेशमलाई फूलमालाले भव्य स्वागत गरेका छन् । उनको स्वागतका लागि सोमबार बिहानैदेखि डिल्लीबजार कारागारमा नेता, कार्यकर्ताको भीड लागेको थियो । तर, सामाजिक सञ्जालमा भने सरकारको यस निर्णयको चौतर्फी बिरोध भएको छ । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x