१६ आश्विन २०८३, शुक्रबार

दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माणको जिम्मा भारतलाई

एसीपी संवाददाता

१८ जेष्ठ २०८०, बिहीबार १५:४३ मा प्रकाशित

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण गर्न नेपाल र भारतबीच सहमति भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उक्त परियोजना निर्माणको जिम्मा भारतलाई दिइएको हो । उक्त सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्र साटासाट गरे ।

नेपालले वातावरणीय प्रभाव मूल्याङ्‍कन अध्ययन समेत सकिसकेकाे उक्त परियोजना कञ्चनपुरको दोधारा-चाँदनी क्षेत्रमा निर्माण हुनेछ ।अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x