१४ मंसिर २०८३, आईतवार

प्रतिनिधिसभा बैठक बस्दै: बजेटमाथि उठेको प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

एसीपी संवाददाता

२९ जेष्ठ २०८०, सोमबार ०८:०८ मा प्रकाशित

काठमाडौँ,  । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।

बैठक १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ । बजेटमाथि छलफल हिजोबाट सकिएपछि सोमबार अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् । प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x