१४ मंसिर २०८३, आईतवार

युवकको आत्मदाह प्रयासपछि चर्कियो नागरिकता आन्दोलन

एसीपी संवाददाता

३१ जेष्ठ २०८०, बुधबार ०७:३१ मा प्रकाशित

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शनमा उत्रिएका एक जना प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेका हुन् ।

मोरङ कटहरीका निरजकुमार कामतले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । केही दिनयता भइरहेको नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शनमा उनी सहभागी हुँदै आएको बताइएको छ ।

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि माइतीघर मण्डलामा समितिको नेतृत्वमा प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम हुँदै आएको थियो ।

आत्मदाहको प्रयास गरेका ती पुरुषलाई प्रहरीले उद्धार गरेको छ । आत्मदाहको प्रयास गर्दा घाइते भएका ती पुरुषलाई उपचारका लागि वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।  पुरुषले आत्मदाह प्रयास गरेपछि माइतीघर मण्डलामा आन्दोलन थप चर्किएको छ ।

 

citizenship-demand-2080-02-30 (3).jpg
citizenship-demand-2080-02-30 (4).jpg
citizenship-demand-2080-02-30 (5).jpg
citizenship-demand-2080-02-30 (6).jpg
citizenship-demand-2080-02-30 (7).jpg
citizenship-demand-2080-02-30 (8).jpg
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x