१४ मंसिर २०८३, आईतवार

आगामी योजनाबारे छलफल गर्दै नेपालगञ्ज १० को वडा भेला सम्पन्न

एसीपी संवाददाता

२ असार २०८०, शनिबार ०७:२४ मा प्रकाशित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० को वडा भेला आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित योजना, कार्य संकलनका लागि भेला आयोजना गरिएको थियो । भेला नेपालगञ्ज गणेशमान चोकस्थित साथी कृष्ण कटेजमा सञ्चालन गरिएको थियो ।

भेलामा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष श्रवणकुमार श्रेष्ठले वडाबासीको अपेक्षा धेरै, बजेट कम भएपनि समग्र विकासका लागि हरसम्भव प्रयास भइरहेको दाबी गरे । उनले वडा कार्यालयको क्षमता र स्थानीय माग अनुसार नै योजनाका काम सम्पन्न गर्ने विश्वास पनि दिलाए । वडा सदस्य दिपेन्द्रराज श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न भएका पूर्वाधार योजनाको बारेमा जानकारी दिँदै आगामी योजनाबारे पनि प्रकाश पारेका थिए ।

No description available.

वडा सदस्य भरतध्वज शाहीले सहभागीका तर्फबाट उठाइएका जिज्ञासा हल गर्ने प्रयास गर्ने प्रयास गरेका थिए । वडा सदस्य विना थापा मगरले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन वडा सचिव शान्ति केसी गरेकी थिइन् । आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित कार्य योजना संकलनका लागि वडाभित्रका टोल विकास संस्था, विद्यालय, क्लब, विभिन्न संघसंस्था र वडाबासीहरुले आफ्नो योजना लिखित तथा मौखिकरुपमा पेश गरेका थिए ।

बिशेष गरेर सडक निर्माण , ग्रावेल, नाला व्यवस्थापन, स्वास्थ्य, सरसफाई, वत्ती, खानेपानी, युवा, महिला तथा बालबालिकाका लागि कार्यक्रम, व्यवसायिक दक्षताका लागि विभिन्न तालिम आदि विषयमा बजेट माग गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० मा १ करोड ३१ लाख ८७ हजारको बजेट सिलिङ नेपालगञ्ज उपमहानगरपालिकाबाट प्राप्त भएको छ । कार्यक्रममा वडा सदस्यहरू, जेष्ठ नागरिक, बाल अधिकारकर्मी, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x