७ आश्विन २०८३, बुधबार

नेपाल प्रेस युनियनको जिम्मेवारी प्रिमेश शिवाकोटीको काँधमा

एसीपी संवाददाता

२ असार २०८०, शनिबार ०९:२१ मा प्रकाशित

रौतहट असार । नेपाल प्रेस युनियन रौतहट शाखाको जिम्मेवारी युवा पुस्तालाई दिइएको छ ।
नेपाल प्रेस युनियनको शुक्रवार रौतहटको चन्द्रपुरमा सम्पन्न जिल्ला अधिवेशनबाट युवा प्रिमेश शिवाकोटीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समितिको सर्व सहमतीबाट चयन गरिएको हो । यसरी नेपाल प्रेस युनियन रौतहटले अब के गर्छ कि भने सुखद सन्दश अन्य संघसंगठनलाई दिएका छन् ।
उपाध्यक्षमा राजेश्वर पाण्डे (खुल्ला) र समावेसी उपाध्यक्षमा दिपुकुमार मिश्र, सचिबमा सागर हुमगाई, उप–सचिबमा रामप्रकाश चौधरी, कोषाध्यक्षमा लक्ष्मी बस्नेत चयन भएका छ्न ।
सदस्यहरुमा राजेश पौडेल, बिष्णु आचार्य, बिबेक चौधरी, मोहम्मद.मोजिबुल्लाह, मनोज यादब, मोहम्मद.ओजिर आलम र प्रेम यादब चयन भएको छ । प्रेस युनियन केन्द्रीय प्रतिनिधी गणेश रिजालको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको बताइएको छ ।
अधिबेशनमा नेपाल पत्रकार महासङका केन्द्रिय सदस्य शिब पुरी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की, निवर्तमान अध्यक्ष यादबराज पुरी लगायत युनियनको पुराना एवं जुझारु सदस्यहरुको उपस्थिति रहेको थियो ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x