१४ मंसिर २०८३, आईतवार

टोपबहादुरका बाबुछोरामाथी लेखनाथ न्यौपानेको कटाक्ष: ‘अकुत सम्पत्ति कमाउने भूत सवार भएपछि…’

एसीपी संवाददाता

२ असार २०८०, शनिबार १८:१२ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पुगेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथी व्यङ्ग्य गरेका छन्। नक्कली भूटाी शरणार्थी प्रकरणमा रायमाझीका बाबुछोरा नै पुर्पक्षको लागि थुनामा परेपछि उनले सामाजिक संजालमार्फत उनीहरुमाथी कटाक्ष गरेका हुन्।

उनले अकुत सम्पत्ति कमाउने भूत सवार भएपछि राजनीतिको इज्जत र गौरव सबै समाप्त हुने टिप्पणी गरेका छन्। उनले यस्ता बिषयमा प्रवेश गर्दा कम्तिमा बाउले छोरालाई वा छोराले बाउलाई यस्तो कुकर्म कहिल्यै गर्नु हुँदैन भनेर सतर्क गराउने चेतना पैसाको अगाडि मर्दो रहेछ है ? भन्दै प्रश्न समेत गरेका छन्।

रायमाझी बाबुछोरा थुनामा परेपछि अन्य माओवादी नेताहरुले भने सार्वजानिक प्रतिक्रिया दिएका छैनन्। तर न्यौपानेले भने शनिबार बिहान सामाजिक संजालमा स्टाटस राख्दै आफ्नो प्रतिक्रिया जनाएका छन्।

उनले आफ्नो अभिभावकले पाएको राजनीतिक अख्तियारीको दुरुपयोग गर्ने छोराछोरीले आजका दिनबाट शिक्षा लिन भन्दै चेतवानी समेत दिएका छन्।

न्यौपाने लेख्छन्,

टोपबहादुर रायमाझीका बाउछोरा दुबै कालकोठरीमा !

१.पैसा खाएर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गम्भीर अपराध कसरी गर्न सकेको ?

२.राजनीतिक क्षेत्रमा लागेको व्यक्तिले अकुत सम्पत्ति कमाउदा घरपरिवारबाट प्रश्न उठाउनुको सट्टा रवाफ देखाउने प्रवृत्तिको यो स्तरको घटनापछि उनका घरपरिवार, नातागोता, आफन्त, छिमेकी र समाजले कस्तो अनुभूति गर्योरगर्छ होला ?

३.यस्ता बिषयमा प्रवेश गर्दा कम्तिमा बाउले छोरालाई वा छोराले बाउलाई यस्तो कुकर्म कहिल्यै गर्नु हुँदैन भनेर सतर्क गराउने चेतना पैसाको अगाडि मर्दो रहेछ है ?

४.अकुत सम्पत्ति कमाउने भुत सवार भएपछि राजनीतिको इज्जत र गौरव कहाँ रहन्छ ?

५.आफ्नो अभिभावकले पाएको राजनीतिक अख्तियारी (सार्वजनिक जिम्मेवारी) को चरम दुरुपयोग गरेर राजकुमाररराजकुमारी बनेका राजनीतिभित्र कैयौं छन्, तिनीहरूले आजका दिनबाट शिक्षा लिउन् ! ( नागरिकन्युज ) 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x