१४ मंसिर २०८३, आईतवार

हवाई रुटबारे सकारात्मक छलफल भइरहेको छ ः राजदूत श्रीवास्तव

एसीपी संवाददाता

६ असार २०८०, बुधबार ०८:३२ मा प्रकाशित

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारेको छलफल सकारात्मक भएको बताएका छन् ।

मंगलवार लुम्बिनीमा आयोजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई रुटबारे भइरहेको छलफलबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे । ‘हवाई रुटको बारेमा हामीले छलफल गरिरहेका छौं । यो छलफलबाट सकारात्मक वातावरण बन्नेछ,’ उनले भने ।

उनले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढीरहेको बताए ।

राजदूत श्रीवास्तवले हरेक वर्ष लुम्बिनीमा योग दिवस मनाउन भारतले चाहेको बताए । उनले नेपाल र भारतमा मात्रै नभइ विश्वभर नै योगा फैलिनु खुशीको विषय भएको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x