३१ भाद्र २०८३, बुधबार

आदिपुरुष प्रकरणमा बालेन्द्रलाई सरकारले भन्योः ‘स्टन्ट’ जरुरी छैन

एसीपी संवाददाता

७ असार २०८०, बिहीबार ०८:४२ मा प्रकाशित

संघीय सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफनो अधिकार क्षेत्र भुलेर हिन्दी चलचित्र चल्न नदिने अभिब्यक्ति दिएको भन्दै प्रतिक्रिया जनाएको छ।

भारतीय चलचित्र ‘आदिपुरुष’मा सीता भारतको छोरी भनिएको भन्दै उक्त संवाद नहटाएसम्म हिन्दी चलचित्र चल्न नदिने बालेन्द्रको अडानका विषयमा सरकारले प्रतिक्रिया जनाएको हो।

वुधवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालेन्द्रले क्षेत्राधिकार मिचेर स्टन्ट गरेको वताईन। ‘आदिपुरुष’का विषयमा सेन्सर बोर्डले काम गरिसकेकाले अरूले ‘स्टन्ट’ गर्न नहुने उनको भनाई छ।

‘सबैले आ–आफ्नो क्षेत्राधिकार बुझ्नुपर्छ । भावनात्मक रूपले सबै हामी एकै ठाउँ छौँ । सीता नेपालकी छोरी हुन् भन्ने कुरामा हामी कसैको दुई मत छैन’ उनले भनिन्–‘त्यो हटाइसकेको छ । अरू कुरामा सबैले आ–आफ्नो क्षेत्राधिकार बझ्नुपर्छ। स्टन्ट र भावना मनोविज्ञानमा खेल्नेभन्दा पनि दीर्घकालीन समाधानको सोचमा जानुपर्छ ।’

त्यो विषयमा सरकारले परराष्ट्र मन्त्रालबाट आफना कुरा अगाडि वढाई सकेको पनि मन्त्री शर्माले वताईन। परराष्ट्र मन्त्रालयले नै अन्तर्राष्ट्रिय र कूटनीतिक सम्बन्ध कायम गर्ने र छलफल गर्ने निकाय भएकाले त्यसबाटै अघि बढ्नुपर्ने उनको भनाई छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x