१४ मंसिर २०८३, आईतवार

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता, पार्टी एकताबारे छलफल

एसीपी संवाददाता

७ असार २०८०, बिहीबार १०:३९ मा प्रकाशित

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा भर्खरै घोषणा गरिएको समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताइएको छ । 

गत सोमबार समाजवादी मोर्चाको घोषणा भएपछि उनीहरूबीच पहिलो पटक भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच गम्भीर छलफल भएको छ । दुबै नेताले पार्टी एकताका बारेमा पनि कुराकानी गरेको बताइएको छ । खबरहब 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x