३१ भाद्र २०८३, बुधबार

बाइडेनलाई मोदीको कोसेली : पञ्जाबको घिउदेखि गुजरातको नुनसम्म

एसीपी संवाददाता

७ असार २०८०, बिहीबार ११:१६ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनसँग विशेष उपहार साँटेका छन्।

उनले अमेरिकी प्रथम महिला जिललाई प्रयोगशालामा विशेष रूपमा बनाउन लगाएको ७.५ क्यारेटको हरियो हिरा उपहार दिए, बाइडेनलाई विशेष चन्दनको बाकस। चन्दनको बाकसलाई जयपुरका शिल्पकारले हातले बनाएका थिए। उक्त बाकसमा वनस्पती र जीवजन्तुका ढाँचा कुँदिएका छन्। यसमा गणेशको मूर्ति पनि छ।

यसैगरी उनले ‘द टेन प्रिन्सिपल अफ उपनिषेद’ पुस्तक पनि बाइडेनलाई दिए।

यसबाहेक बाइडेनलाई मोदीले तमिलनाडुको सेतो तिल, राजस्थानको सुनको सिक्का पनि दिएका थिए।

यसैगरी पञ्जाबको घिउ, महाराष्ट्रको गुँड, गुजरातको नुनलगायतको उपहार बाइडेनको परिवारलाई मोदीले दिए।

२० जुनमा राजकीय भ्रमणका क्रममा मोदी अमेरिका प्रस्थान गरेका थिए। आज (२२ जुन) मा मोदी र बाइडेनबीच भेटवार्ताको कार्यक्रम तय भएको थियो।

भेटमा शिखर सम्मेलनको मुख्य उद्देश्य रक्षा र अत्याधुनिक प्रविधिको क्षेत्रमा भविष्यका लागि स्पष्ट रोडम्याप तयार गर्ने विषयमा छलफल भएको बताइएको छ। यसबाहेक रक्षाका लागि हतियारमा साझेदारी गर्ने र अमेरिकी कम्पनीका अत्याधुनिक रक्षा प्रविधि भारतलाई हस्तान्तरण गर्ने विषयमा पनि भेटमा छलफल भएको छ।

आजै राष्ट्रपति बाइडेन र उनकी पत्नी जिलले मोदीका लागि रात्रिभोजको आयोजना गरेका छन्। नेपालखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x