१४ मंसिर २०८३, आईतवार

साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरियो,भारतसँग २-० ले पराजित

एसीपी संवाददाता

१० असार २०८०, आईतवार ०७:४० मा प्रकाशित

नेपालगन्ज । भारतमा  जारी साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै नेपाल बाहिरिएको छ ।

आज राति भएको दोस्रो खेलमा आयोजक भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

भारतसँग २–० ले पराजित भएसँगै नेपाल अन्तिम खेलमा पाकिस्तानसँग खेल्नुअघि नै बाहिरिएको हो । नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ ले पराजित भएको थियो ।

समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन भारत र आमन्त्रित कुवेत समान ६ अंक बटुल्दै सेमिफाइनलमा पुगेका छन् ।

अंकविहीन नेपाल र पाकिस्तान बाहिरिएका छन्। अन्तिम खेलमा नेपाल र पाकिस्तान खेल्नेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x