१४ मंसिर २०८३, आईतवार

नागरिकता प्राप्तिका लागि प्रक्रिया पुर्याएर मात्रै सिफारिस गर्न वडालाई परिपत्र

एसीपी संवाददाता

११ असार २०८०, सोमबार ०६:५६ मा प्रकाशित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पुर्याएर मात्रै सिफारिस गर्न वडा कार्यालयलाई परिपत्र गरेको छ ।

नेपाल नागरिकता ‘पहिलो संशोधन’ ऐन २०७९ गत जेठ १७ मा राजपत्रमा प्रकाशित भइसकेको सोही ऐन र नियमावली बमोजिम प्रक्रिया पूरा गरेर मात्रै सिफारिस गर्न अनुरोध गरेको छ । नागरिकता अनुसूची मात्रै भरेर आउने गरेको र आवश्यक कागजात नहुँदा दुःख पाउने अवस्था देखिएको भन्दै कार्यालयले सो परिपत्र गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी काठमाडौंका खड्गबहादुर श्रेष्ठले भने, “नागरिकले आवश्यक सम्पूर्ण कागजपत्र नल्याउँदा दुःख पाएका छन्, सबै कागजात पूरा गरी वडा सिफारिस भयो भने सजिलो हुन्छ ।”

कार्यालयले जन्मका आधारमा नागरिकता लिएकाहरुका सन्तानलाई वंशजका आधारमा सिफारिस गर्दा बाबु र आमा नेपाली नागरिक भएको र निजको बसोबास निरन्तर नेपाल भित्र गरेको यकिन गर्न पनि भनेको छ ।

जसका लागि बाबुआमाको सक्कल नागरिकता, सक्कल जन्मदर्ता, जग्गाधनी प्रमाणपूर्जा ‘निवेदकको बाबुआमा नाम भएको’ शैक्षिक प्रमाणपत्र, घरधनी दर्ता प्रमाणपूर्जा, बसाइँसराइ दर्ता प्रमाणपत्र ‘ठेगाना परिवर्तन गर्न चाहेमा’ स्थायी बसोबास प्रमाणपत्र, बाबुआमाको विवाह दर्ता र पारिवारिक विवरण, बाबुआमाको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र  २०६३ को टोलीले नाबालक  दर्ता गरेको भए सोको निस्सा समेत संलग्न गराउन उल्लेख गरिएको छ ।

परिपत्रमा कार्यालयबाट आवश्यकताअनुसार स्थलगत प्रहरी सरजमिन मुचुल्कासमेत गरिने हुँदा सो बेहोरालाई पुष्टि गर्ने अन्य कागजात पनि समावेश गर्न परिपत्रमा उल्लेख छ ।  नेपालबहस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x