१४ मंसिर २०८३, आईतवार

च्याप्टर अध्यक्षमा उत्रिए हमाल

एसीपी संवाददाता

१६ असार २०८०, शनिबार २०:०४ मा प्रकाशित

एनआरएनए अमेरिकाकोआगामी कार्यकालको स्विकासन च्याप्टरको अध्यक्ष पदमा युवा समाजसेवी राज कुमार हमालले उम्मेदवारी दिएका छन् । लामो समयदेखि अमेरिको स्विकासिन राज्यमा सक्रिय हमाल यो पटक भने युवाहरुको प्रतिनिधित्व गर्दै च्याप्टर अध्यक्षका लागि आकांक्षी बनेका छन्।

विगत लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाएर बसेका हमाल सबै नेपालीको दु:ख सुखको सारथी बनेका धेरै उदाहरण छन्। हमालले सबै नेपालीहरु त्यसमा पनि युवाहरुको नेतृत्व गर्न आफू यो पटक आकांक्षी हुने बताएका छन्।

“धेरै ठाउँमा युवाहरुलाई कि त बराल्ने काम गरिन्छ कि त प्रयोग मात्र गरिन्छ। युवाहरुलाई मौका दिने र लिने दुवै कुरामा म कटिबद्ध छु ।”हमालले भने ”

बिशेषगरी नेपाली युवा र बिधार्थीहरुले अमेरिकामा भोग्नु परेका समस्या, मौका र भविष्यका लागि युवा नै अगाडी आउनु पर्ने कुरामा टड्कारो देखेकाले आफू उमेदवार भएको कुरा उनले बताए।
हमाल आफ्नो पक्षमा नतिजा आउनेमा ढुक्क साथ अगाडी बढेका छन् । हमाललाई एनआरएनए अमेरीकाको पूर्व सल्लाकार लाल प्रसाद काफ्ले तथा एनआरएनए अमेरिकाको वोड अफ डाइरेक्टर विशाल रानाको पूर्ण समर्थन, सम्पुर्ण स्विकासनवासी साथ लिएर अगाडी बढेकाले आफू विजय हुनेमा कुनै दुविधा नरहेको बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x