१४ मंसिर २०८३, आईतवार

प्रधानमन्त्री ज्यू ! कहिले समातिन्छन तपाइका घरवेटी शारदाप्रसाद अधिकारी ?

एसीपी संवाददाता

१७ असार २०८०, आईतवार १२:१७ मा प्रकाशित

काठमाडौं । समयमा ठेक्का सम्झौता अनुसार निर्माण कार्य नगरेको आरोपमा पप्पु कन्ट्रक्सनका हरि नारायण रौनियार पक्राउ पर्दा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नाम भजाएर कमाउन पल्केका उनकै घरवेटी शैलुङ्ग कन्स्ट्रक्सनका प्रोप्राइटर शारदा अधिकारीले भने त्यो भन्दा ठूलो बदमासी गर्दा पनि उन्मुक्ति पाइरहेका छन् ।

अधिकारीको निर्माण कम्पनी  शैलुङले पाएको ठेक्का सम्झौता मध्य टाढाका निर्माण स्थलका कुरा छोडिदिऊ, राजधानी भित्रकै दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपाटी–नगरकोट सडक सात वर्षमा पनि नबनेपछि स्थानीय बासी दिक्क छन् ।

उनीहरुले बारम्बार आन्दोलन समेत गरे । भौतिक योजना तथा निर्माण मन्त्री रहेका वेला नेकपा माओवादीकै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले स्थलगत अनुगमन गरे । उनले तत्काल काम गर्न निर्देशन पनि दिए । अन्यथा कारवाही गर्ने धम्की पनि मिडीयामार्फत ठेगेदार अधिकारी समक्ष पुराए । तर न त निर्माण कार्य अघि बढ्यो, न त अधिकारीमाथि कारवाही नै भयो ।

माइकमा भाषण गर्दा ठूला कुरा गर्ने प्रधानमन्त्री प्रचण्डले पप्पु कन्ट्रक्सनका हरि नारायण रौनियार सँगै शैलुड्ग कन्ट्रक्सनका शारदा अधिकारीलाई पनि पक्राउ गर्नु पर्ने होइन ? भाषणमा ठूला भ्रष्टाचारका फाइल खोलेर सरकारले ठूलो उपलब्धी हासिल गर्यो भन्ने ? अनि जिम्मा लिएको काम लठिभद्र छोडेर सारा जनतालाई सास्ती दिने ठग ठगेदारलाई घरवेटी भयो भन्दैमा उन्मुक्ति दिने ? यही हो तपाइको नैतिकता प्रधानमन्त्री ज्यु ? ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x