१४ मंसिर २०८३, आईतवार
अर्थमन्त्री महतले भने – हामीसँग धेरै ठूलो ऋण छैन, अनुत्पादक क्षेत्रमा खर्च गर्दैनौं
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले ऋणलाई उत्पादनमुलक क्षेत्रमा उपयोग गर्ने र ऋणलाई प्रभावकारी बनाइने बताएका छन् ।
प्रतिनिधि सभामा बोल्दै अर्थमन्त्री महतले पुँजीगत खर्चलाई प्रभावकारी ढंगबाट खर्च गर्ने सरकारको नीति रहेको बताएका हुन्।
अर्थमन्त्री महतले भने, ‘अनुत्पादक क्षेत्रमा ऋण खर्च गर्दैनौं। हामीसँग धेरै ठूलो ऋण छैन। ऋणलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्छौं। वैदेशिक ऋण कुन क्षेत्रमा लिने? भनेर यथार्थ मूल्यांकन गरेर लिइनेछ।’
आन्तरिक ऋण पहिलेको भन्दा कम लिइने अर्थमन्त्री महतको भनाई छ । अर्थमन्त्री महतले साधारण खर्च धान्न गाह्रो परेको बेला कहिलेकाहीँ आन्तरिक ऋणको प्रयोग गर्नुपर्ने अवस्था आउने बताए ।
बेथितिलाई पुरै निषेध गर्ने सरकारको उद्देश्य रहेको बताए । महतले सरकारले लिएको ऋणलाई उपयुक्त विधिबाट सदुपयोग गरिने बताए।
Subscribe
Login
0 Comments


