१४ मंसिर २०८३, आईतवार

कर्मचारी कुटपिट प्रकरणमा अदालत र बारबीच द्वन्द्ध

एसीपी संवाददाता

१८ असार २०८०, सोमबार १६:०३ मा प्रकाशित

काठमाडौं । ललितपुर जिल्ला अदालतका महिला कर्मचारीमाथि कुटपिटको विषयलाई लिएर देशभरका अदालतका कर्मचारीहरु आन्दोलित बनेपछि कानुन व्यवसायीहरु पनि प्रतिवादमा उत्रिएका छन्।

नेपाल बार एसोसिएसनकै अगुवाइमा कानुन व्यवसायीहरुले देशभरकै अदालतमा बहस पैरवी गर्न अस्वीकार गरेका छन्। कानुन व्यवसायीको प्रतिकारपूर्ण आन्दोलनले सेवाग्राही नै मारमा परेका छन्।

ललितपुर जिल्ला अदालतका नायव सुब्बा प्रेमिका तामाङमाथि बुधबार साँझ अधिवक्ता अमिर लामिछानेले हातपात गरेको विषय सार्वजनिक भएको थियो। लामिछानेलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान पनि अगाडि बढाएको थियो। तर अदालतमा कार्यरत कर्मचारीहरुले भने लामिछानेमाथि अदालतको अवहेलनामा समेत कारबाही हुनुपर्नेसहित माग राखेर आन्दोलन गरे।
अदालतका कर्मचारीहरु आन्दोलित बनेपछि कानुन व्यवसायीहरु पनि प्रतिवादमा उत्रिएका छन्। लामिछानेलाई कृत्रिम मुद्दामा फसाइएको दाबीसहित कानुन व्यवसायी पनि आन्दोलित बनेका छन्। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव सञ्जीता खनालले संयुक्त विज्ञप्ति जारी गर्दै कानुन व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएको विरोधमा देशभरका अदालतका बहस बहिस्कार गरिएको उल्लेख छ।

अदालतका कर्मचारीहरुले आइतबार पनि आफूहरुको सुरक्षा माग गर्दै १० बजे देखि १:३० बजेसम्म अदालत ठप्प पारेका थिए। उनीहरुले कार्यस्थलमै आक्रमण हुन थालेको आफूहरुले सुरक्षित रुपमा काम गर्न नपाउने हो भने थप आन्दोलन गर्ने कर्मचारीको चेतावनी थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x