१४ मंसिर २०८३, आईतवार

गुरुपूर्णिमामा योग गुरु भट्टराईलाई सम्मान

एसीपी संवाददाता

१९ असार २०८०, मंगलवार ०७:४५ मा प्रकाशित

नेपालगञ्ज । गुरुपूर्णिमाको अवसरमा योग समिति नेपालले योग गुरुप्रति सम्मान प्रकट गरेको छ । योग समिति नेपाल केन्द्रिय कार्यसमितिका पदाधिकारी, योग प्रशिक्षक, नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न १० वटा योग केन्द्रबाट वडा स्तरीय कार्यसमितिको संयोजकत्वमा उपस्थित योगसमितिका आजीवन सदस्य, योग अभ्यासीका तर्फबाट आज औपचारिकरुपमा कार्यक्रम गरी योग गुरु गिरिराज भट्टराईलाई खादा, सम्मानपत्र र फूलमालासहित सम्मान गरिएको हो ।

No description available.

“स्वास्थ्य नै जीवन हो” भनी नियमितरुपमा योग प्रशिक्षण शुरुवात गरी निरोगी बनाउन महत्वपूर्ण योगदान पु¥याएवापत योग गुरु भट्टराईलाई गुरुपूर्णिमाकै दिन सम्मान गरिएको हो । कार्यक्रम संयोजक ज्योतिप्रकास पौडेल, योग समिति नेपालका सल्लाहकार नन्दलाल वैश्य, विश्वजित तिवारी र पदाधिकारी लगायतले संयुक्त रुपमा सम्मान प्रदान गरी कार्यक्रमको शुरु गरिएको हो  । उक्त कार्यक्रममा योग समिति नेपालका सचिव निर्मला शाह, सल्लाहकार नन्दलाल वैश्य, मिनबहादुर मल्ल लगायतले गुरुप्रति सम्मान प्रकट गरेको योग समिति नेपालका उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्रा) ले जानकारी दिइन् । योग समिति नेपालका सदस्य एवम प्रशिक्षक झविलाल शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x