१३ आश्विन २०८३, मंगलवार

प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय प्रक्रिया विपरित : मन्त्री बस्नेत

एसीपी संवाददाता

२० असार २०८०, बुधबार २१:४१ मा प्रकाशित

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिपक्ष दलले प्रधानमन्त्रीको अभिव्यक्तीको आशय नसोधि राजीनामा माग्नु संसदीय प्रक्रिया विपरित भएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रधानमन्त्रीले बोलेको कुराको आशय सोध्ने अधिकार संसदलाई हुने बताउनुभएको हो ।

उहाँले प्रधामन्त्रीको बोलिको आशयका बारेमा सोध्ने अधिकार हुँदाहुँदै संसद चल्न नदिनु संसदीय प्रक्रिया विपरित भएको बताउनुभयो । उहाँले संसद चल्न नदिनु जिम्मेवारीपूर्ण कुरा नभएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहको सदिक्षाको सम्बन्धमा मात्रै कुरा गरेको भन्दै व्यक्तिको सदिक्षालाई राजनीतिक विषय बनाउनु जरुरी नरहेको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x