१४ मंसिर २०८३, आईतवार

महामन्त्री शर्माले मेडिसिटी पुगेर कोइरालालाई भेटे

एसीपी संवाददाता

२१ असार २०८०, बिहीबार ०८:३५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल मेडिसिटी हस्पिटलमा उपचाररत नेपाली कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइरालालाई भेटेका छन् ।

महामन्त्री शर्माले आज साँझ मेडिसिटी पुगेर कोइरालालाई भेट्दै शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । “तपाईंहरु जस्तो युवाले अब जर्जर बन्दै गएको पार्टीलाई उकास्न लाग्नुस्, कांग्रेसलाई अझ उर्जावान बनाउन तपाईंहरुको मेहनतको खाँचो छ,” कोइरालाले भनिन् ।

अस्पतालको शैयामा हुँदा समेत पार्टी र देशको चिन्ता गरेकी कोइरालालाई शर्माले धन्यवाद व्यक्त गरे । महामन्त्री शर्मा चाँडै निको भएर कार्यक्रममा भेट्ने भन्दै बाहिरिएका थिए । कोइरालाको स्वास्थ्यमा समस्या आएपछि गत शुक्रबार मेडिसिटी अस्पतालमा भर्ना गरेको कोइराला पुत्र एवम् कांग्रेस बाँके सचिव सुधांशु कोइरालाले बताए ।

उनी कांग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाकी भाइबुहारी तथा कांग्रेस बाँकेका पूर्व सभापति स्वर्गीय डा.अरुण कोइरालाकी धर्मपत्नी हुन् ।

अहिले कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएको सुधांशुले जानकारी दिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x