स्वास्थ्यमन्त्री बस्नेत र प्रधानसेनापति शर्माले गरे मेलम्ची बेलिब्रिजको उद्घाटन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले मेलम्ची बेलिब्रिजको उद्घाटन गरेका छन्।
शुक्रबार एक विशेष समारोहबीच उनीहरुले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ जोड्ने इन्द्रावति नदीमाथि निर्माण गरिएको बेलिब्रिजको संयुक्त उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि स्थानीयवासीले धेरै सास्ती बेहोर्नु परेको अवस्थामा सेनाको सहयोगमा मेलम्ची बेलिब्रिज छोटो समयमै निर्माण भएकोमा खुशी व्यक्त गरे।
उद्घाटन कार्यक्रममा सिन्धुपाल्चोकका विभिन्न नगरपालिका, गाउँपालिकाका पदाधिकारी, सरकारी अधिकारी, राजनीतिक दलका नेता, नागरिक समाज र सर्वसाधारणको उपस्थिति रहेको थियो।
२०७८ असार १ गते आएको बाढीले पक्की पुल बगाउँदा यहाँका नागरिकले बर्खाको समयमा सास्ती खेप्दै आएका थिए । हिउँदको समयमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्ने गरिएको भए पनि बर्खा लागेसँगै समस्या हुने गरेको थियो ।


