१४ मंसिर २०८३, आईतवार

चार दिनमै तुहियो एमालेको बटमलाइन, संसद् खुलाउन सहमत

एसीपी संवाददाता

२४ असार २०८०, आईतवार १८:०० मा प्रकाशित

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागबाट पछि हट्दै संसद् खुलाउन सहमत भ्एको छ ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको छलफलपछि एमाले संसद्‌को अवरोध हटाउन खुलाउन तयार भएको हो ।

एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएको थियो । तर आज प्रचण्ड, ओली र देउवाबीचको भेटले सदनको अवरोध हटाउनेमा सहमति जुटेको हो । एमालेको बटमलाइन चार दिनमै तुहिएको छ ।

आइतबार दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिने सहमति जुटेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने तय गरिएको बैठक सभामुख देवराज घिमिरेले ३ बजेलाई सारेका छन् ।

प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री प्रचण्डले आफूलाई भारतीय नागरिक सरदार प्रितम सिंह प्रधानमन्त्री बनाउन पटकपटक नयाँ दिल्ली पुगेको अभिव्यक्ति दिएको विरोधमा गत मंगलबारदेखि संसद्‌मा अवरोध गर्दै आएको छ ।

एमालेले लगातार संसद बैठक अवरुद्ध पार्दा दुवै सदन चल्न पाएका छैनन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x