१४ मंसिर २०८३, आईतवार

देउवा र ओलीको बडी ल्याङ्ग्वेजको चर्चा

एसीपी संवाददाता

२५ असार २०८०, सोमबार ०६:२९ मा प्रकाशित

काठमाडौं – संघीय संसदका दुवै सदनको अवरोध हटाउन प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।

आइतबार सिंहदरबारस्थ्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डले हालै दिएको एक अभिव्यक्तिको विषयलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले संसद अवरुद्ध गरिरहेको छ । एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएको छ ।

प्रतिनिधिसभाको बैठक लगातार अवरोध भएपछि सभामुख देवराज घिमिरेको पहलमा तीन दलका शीर्ष नेताबीच बैठक बसेको हो । प्रधानमन्त्री प्रचण्डको आग्रहमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ ।

तीन दलका शीर्ष नेताबीच बैठक सुरु हुनुअघि देउवा र ओलीबीचको बडी ल्यांग्वेजबारे अहिले सामाजिक सञ्जालमा व्यापक चासो र चर्चा भइरहेको छ ।

आजको राष्ट्रियसभा वैठक एमालेको अवरोधका कारण स्थगित भइसकेको छ । एमालेको अवरोधका कारण माथिल्लो सदन राष्ट्रियसभाबाट अझै पनि आगामी आर्थिक वर्षको बजेट पारित हुन सकेको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x