१४ मंसिर २०८३, आईतवार

बाँकेमा लापसे जाँच सुरु

एसीपी संवाददाता

२७ असार २०८०, बुधबार ०७:०९ मा प्रकाशित

नेपालगञ्ज । बाँकेमा पहिलोपटक लागूपदार्थ सेवन (लापसे) जाँच शुरु गरिएको छ ।

सवारी साधन चलाएका व्यक्तिले लागूपदार्थ सेवन गरे नगरेको जाँच गर्न थालिएको हो । मादक पदार्थ सेवन (मापसे) जाँच गरे जस्तै लापसे जाँच पनि शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायक उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

लागूपदार्थ सेवन गरेर सवारी साधन चलाउँदा दुर्घटना र अपराध बढेको भन्दै बाँके प्रहरीले लापसे जाँच शुरु गरेको हो । लापसे गरेको पाइएसंगै कारवाहीसंगै काउन्सिलिंग गर्ने प्रबक्ता डाँगीले बताए ।

“लागूऔषध न्यूनीकरण तथा सवारी दुर्घटना रोकथाम” अभियान अन्तरगत लागूपादर्थ सेवन सम्बन्धि किटको प्रयोग गरी सवारी चालकहरुले लागूपादर्थ सेवन गरे नगरेको परीक्षण गरिनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x