१४ मंसिर २०८३, आईतवार

ब्राउनसुगरसहित बाँकेमा तीन जना पक्राउ

एसीपी संवाददाता

२७ असार २०८०, बुधबार ०७:११ मा प्रकाशित

नेपालगन्ज । बाँके प्रहरीले सात ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्जको बिपी चोकबाट दुई जनालाई ५ ग्राम ५ सय मिलिग्राम र जमुनाहाबाट एक जनालाई एक ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

बिपीचोकबाट नेपालगञ्ज–१६ जयसपुरका २० वर्षीय शाहिल आलम जसगढ र सोही ठाउँ बस्ने १८ वर्षका किशोर पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जमुनाहाबाट कोहलपुरका १९ वर्षीय प्रकाश परियार ब्राउनसुगरसहित पक्राउ परेका हुन् । भारतबाट पैदल नेपालगञ्जतर्फ आइरहेका उनको साथबाट १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर बरामद गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x