अडियो नक्कली हुँदाहुँदै बाहिर ल्याएर यसरी गरियो आरजु राणालाई फसाउने षडयन्त्र (घटनाको नालिबेलीसहित)
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणालाई पछिल्ला काण्डहरुमा मुछेर बदनाम गर्ने गिरोह नै सक्रिय भएको खुलेको छ । यो गिरोहमा प्रहरीमा उच्च अधिकारी पनि सामेल रहेको खुलेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुले पैसा लिएको भनेर अभियुक्तहरुलाई भन्न लगाएको अडियो बनाउने र त्यसलाई बाहिर ल्याएर जनमानसमा भ्रम सिर्जना गर्ने काममा गिरोह सक्रिय रहेको खुलेको हो ।
अडियो योजनाबद्ध रुपमा बनाएको पुष्टि भए पनि त्यसलाई सार्वजनिक गरेर बदनाम गर्न गिरोहमा रहेका प्रहरी नै परिचालित रहेको पाइएको छ । यस्तो छ आरजुको स्पष्टीकरण सन्देश शर्मा यो केसमा मुछिएकै मान्छे हो । तर उसले जे भनेको छ गलत भनेको र उसले आफै पनि गलत बोलेको भनेर स्वीकार गरेको छ कि मलाई एक जना रेग्मी र एक जना बुढाथोकी भन्नेले योजनाबद्ध रुपमा यसो (आरजुलाई पैसा दिएको) यसो भन भनेर भनेको हुँ, म उहाँ (आरजु)लाई चिन्दिन भन्नुभएको छ ।
प्रहरी र अदालतमा पनि यही कुरा वयान दिनुभएको छ । जब उहाँ (सन्देश)ले वैशाख चार गते नै दिएको वयानमा (आरजुलाई) चिन्दिन भन्नुभएको छ, यो कुरा अदालतमा दिएको प्रमाणमा पनि सावित छ । तर १६ गते प्रहरीबाट पैसा लिएको भनेर बनाइएको अडियो टेप कसरी र किन बाहिर आयो ? यो मेरो लागि ठूलो प्रश्न हो । अझ जनताको हिसाबले हेर्ने हो भने भोलि कसैलाई साजिसमा फसाउने हो भने, जब यो गलत हो, झुटा हो भन्ने थाहा पाउँदा पाउँदै किन प्रेसमा लिक गरियो ? यो प्रश्न मेरो मनमा तथा सार्वजनिक रुपमै उठेको छ ।
मैले त सन्देश शर्माले बोलेको कुराको वास्तविकता बाहिर आउनुपर्छ भनेको हो । जब यसमा तथ्य नै छैन भने किन बाहिर आयो ? भोलि तपाइलाई कसैले आरोप लगाएर पछि पुलिसले सोध्दा होइन मलाई अरु कसैले भनेको थियो भनेर थाहा पाएपछि त्यो बाहिर ल्याउन मिल्छ त ? तथ्य होइन भन्ने कुरालाई किन बाहिर ल्याइयो ? यसको पछाडिको योजना के हो ? हेर्नुस् नखाएको विष लाग्दैन । अमरेश सिंहलाई के के भन्न मन लाग्छ, पहिला पनि बडबडाउन भ्याएको हो । तर आएर जसलाई जे पनि भन्न त मिल्दैन । नियम कानुन त छ । नियम कानुनअनुसार मैले मानहानीको मुद्दा दर्ता गरेको छु । उसले मलाई लगाएको आरोप पुष्टि गरेर देखाओस् । मैले नै पुलिसमा निवेदन दिएर अडियोको जवाफ मागेको हो ।
जवाफ दिँदा आवाज उनकै (सन्देश शर्मा) हो । तर त्यसले बोलेको कुरा (अरुले भन्न लगाएर नाम लिएको) अदालतमा सुरक्षित छ । अदालतको वयानमा उनले स्पष्ट रुपमा केही मान्छेले ‘तिमीलाई फोन आउँछ, फोन आउँदा यो यो (आरजुलाई पैसा दिएको) कुरा भन्नु है भनेर भनेका थिए । तर म उहाँहरु (आरजु)लाई चिन्दिन भनेर वयान दिएका छन् । यो सार्वजनिक रुपमै आइसकेको कुरा हो । नेपालपाना


