१४ मंसिर २०८३, आईतवार

प्रधानमन्त्री प्रचण्ड पत्नी सीताको निधन, आजै अन्त्येष्टि गरिने

एसीपी संवाददाता

२७ असार २०८०, बुधबार ११:१४ मा प्रकाशित

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएको छ ।

सीताको आज बिहान बिहान ८ः३३ बजे  उपचारका क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

सीता बिरामीका कारण  लामो समयदेखि ओछ्यान पर्दै आएपनि आज बिहान उनलाई हृदयाघात भएको थियो ।
अहिले प्रधानमन्त्री प्रचण्डका साथै शिर्ष राजनीतिक दलका नेताहरु लगायत पार्टी कार्यकर्ताहरु पनि नर्भिक अस्पताल गएका छन् ।

सीता दाहालको आजै  पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

नेकपा माओवादी केन्द्रका अनुसार सीता दाहालको पार्थिव शरीरलाई बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x