९ आश्विन २०८३, शुक्रबार

चिनियाँ कम्युनिस्ट पार्टीमाथि उइगर मुस्लिमकाे मानव अधिकार उल्लंघनको आरोप

एसीपी संवाददाता

२८ असार २०८०, बिहीबार ०१:३१ मा प्रकाशित

चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी)माथि मानव अधिकार उल्लंघनको आरोप लागेको छ। विशेष गरी सिनजियाङका उइगर मुसलमानको मानव अधिकार संरक्षण तथा हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप सिसिपीमाथि लागेको छ।

हालै बजारमा आएको पुस्तक ‘चाइनाज् सर्च फर सेक्युरिटी’मा सिपिसीको नीतिप्रति चिन्ता व्यक्त गर्दै लेखकद्वय एन्ड्रयु नाथन र एन्ड्रयु स्कोबेलले आन्तरिक स्थायित्व सुनिश्चित गर्ने र सार्वभौमसत्ताको रक्षा गर्ने चिनियाँ नीतिको सराहना गरेका छन्। यद्यपि, उनीहरूले मानव अधिकार उल्लंघनलाई सम्बोधन गर्न प्रभावकारी नीति तर्जुमा नगरिएकामा चिन्ता व्यक्त गरेका छन्।

सिसिपीको विदेश नीति र प्राथमिकता प्रस्तुत गर्दै पुस्तकमा धार्मिक स्वतन्त्रता, मानव अधिकारको रक्षा, अभिव्यक्तिलगायत आधारभूत मौलिक अधिकार हनन हुन नदिन अन्तर्राष्ट्रिय समुदायले पनि पहरेदारको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।

उइगर मुसलमानलाई चरमपन्थी समूहको रूपमा वर्गीकरण गरिनु, उनीहरूमाथिका विभेदपूर्ण व्यवहार, महिला उत्पीडन, राजनीतिक हस्तक्षेप, सन् २०१९ मा हङकङको स्वायत्तताका निम्ति लाखौँ जनता सडकमा आउनुपरेको अवस्था, त्यसपछि थालिएको सुरक्षा कारबाही र राष्ट्रिय सुरक्षा कानुन कार्यान्वयनलगायत विषय पुस्तकमा समेटिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x