१४ मंसिर २०८३, आईतवार

बिद्यार्थीलाई यौन सम्पर्कका लागि बाध्य बनाउने अमेरिकन शिक्षिका पक्राउ

एसीपी संवाददाता

२८ असार २०८०, बिहीबार ०९:५२ मा प्रकाशित

न्युयाेर्क । अमेरिकाको नेब्रास्काको विन्साइड पब्लिक स्कूलकी एक विज्ञान शिक्षकको कथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उनले आफूभन्दा धेरै वर्ष कान्छा विद्यार्थीसँग अवैध सम्बन्ध बनाएकी थिइन । यी शिक्षिकाको नाम केली हाइक्स हो, जसको ट्रायल सकिएको छ र अब उनलाई अर्को महिना सजाय सुनाइनेछ । यो अचम्मलाग्दो कुरा के हो हामी तपाईलाई बताउँछौं।

यी शिक्षकमाथि लगाइएको आरोप सत्य सावित भएको छ । अमेरिकाको यो प्रान्तको कानून अनुसार यहाँ शारीरिक सम्बन्ध राख्ने कानुनी उमेर १६ वर्ष तोकिएको छ । तर यहाँ यी शिक्षक प्रहरी र कानुनको नियन्त्रणमा आएका छन् किनभने यहाँ शिक्षक र विद्यार्थीबीचको सम्बन्ध गैरकानूनी छ, यसका लागि विद्यार्थी कम्तीमा २१ वर्षको हुनुपर्छ । त्यसकारण केलीलाई अदालतले आफ्नो विद्यार्थीसँग सम्बन्ध राखेकोमा दोषी ठहर गरेको छ।

डेली स्टारको रिपोर्टका अनुसार २६ वर्षीया काली हाइक्सले १७ वर्षीय छात्रालाई प्रेमको जालमा फसाएर उनीसँग पटकपटक शारीरिक सम्बन्ध राखेकी थिइन् । विद्यार्थी अभिभावकसँगै बस्थे ।

यस घटना सार्बजनिक भएपछि पीडित बालकाे परिवारमा आक्रोश र आश्चर्य छ किनकी धेरै दिनसम्म यो सबै कसरी चलिरहेको थियो ? भन्ने कुरा उनीहरूले धेरै ढिलो थाहा पाए । यसबिचमा कालीले राति राती गोप्य रूपमा बालककाे घरमा पसेर आफ्नो मनसाय पूरा गरेकी थिइन् । कतिसम्म भने उनले विद्यार्थीको घरमा मात्रै नभइ गाडी र बगैचामा पनि याैन सम्पर्क राखेकी थिइन ।

त्यसमाथी अरू कसैको ध्यान नपरोस् भनेर दुवै जना सहरको सुनसान चिहानमा गएर पनि सम्बन्ध गाँस्ने गरेकाे कुरा अदालती प्रकियाकाे क्रममा खुलेकाे थियाे ।

प्रचलित कानुनअनुसार अब यी शिक्षकलाई अदालतबाट तीन वर्षसम्म कैद सजाय हुन सक्नेछ । अमेरिकामा यसअघि पनि यस्ता धेरै घटना बाहिर आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x