कांग्रेसको रुपान्तरण र पुस्तान्तरण २
ओम आचार्य
नेपाली काग्रेसमा अहिले पुस्तान्तरण र रुपान्तरणको बहस चलिरहेछ ।यो बहसमा संस्थापन र सस्थापन इतर विचकै द्वन्दले रुपमा लिन थालिएको छ । सस्थापन इतरले पाटी सभापति शेर बाहादुर देउवा प्रती यो लक्षित भएको आरोप लगाएको छ । यो आरोप मात्रै हैन इतर पक्षबाटै “काग्रेसमा संसदिय दलको नेता फेर्नु पर्छ ” “पुर्व प्रधानमन्त्री भैसकेकालाइ पुन प्रधानमन्त्री हुन नदिने “जस्ता अभिव्यक्ति ले पनि संस्थापन को भनाइलाइ पुस्टी गर्छ । इतर पक्षबाटै पनि ” हाम्रो दुस्मनी शेर बाहादुर संग छैन र अरु कसै संग पनि छैन व्याक्ती विशेस संग यो अभियान लक्षित छैन ” भन्दै विधी विपरीत चलेको पाटी संग हो र यस्को सुरक्षा संग उभिने संग हामी पाटी पध्दती पाटी नियमानुसार अगाडी बड्दै जादा त्यो भोली व्यक्ती संग भिड्नु पर्ने पनि हुन्छ भनेका छन ।
अहिले यो पुस्तान्तरण र रुपान्तरणको कुरा त्यसै उठेको भने छैन । विगतको निर्वाचन देखी अहिले सम्म पाटीको स्थितीले र पाटी संचालन गर्ने को सोच विचार र अभियानले ल्याएको हो । पाटीले न त नियमानुसार केन्द्रीय समीतिको बैठक डाक्न सकेको छ न त मातहातमा भात्री संगठनहरुको गठन गर्न सकेको छ । जनतामा पाटी प्रती निराशा र वितृष्णा बड्दै गएको छ । यसैको परिणाम नयाँ पाटीहरु जन्मदै आएका छन र आफुलाइ स्थापित गर्ने प्रयत्नशील छन । काग्रेसको अवस्था यही रहने हो भने नयाँ पाटीहरु कांग्रेसकै समकक्षी हुन बेर छैन ।
काग्रेस भित्र एकल नेतृत्वको परिणाम र सभापतिले आफ्नो अनुकुल निर्णय गर्दै जानु पनि यस्तो परिस्थिति सृर्जना हुदै गएको हो ।
यिनै विकृतीहरुको जगमा हुर्केको काग्रेस भित्र संस्थापन इतरले पुस्तान्तरण र रुपान्तरणको कुरा उठाएका हुन ।
पुस्तान्तरण
पुस्तान्तरणआफैमा राम्रो सव्द हो र यो सव्द आफैमा जडताको विरुध्द लक्षित छ । जव आफु भन्दा अघिल्लो पुस्तामा जड़ता आउछ। जव क्रिया सक्तिहिन हुन्छ। मष्तिष्क जव तेज़ हुदैन । आँखा भएर पनि दृष्टी मधुरो हुन थाल्छ । जब दाँत फुस्किएर बोली प्रष्ट हुदैन र हिडदा खुट्टा लरबररिन थाल्छन त्यस्तो अवस्थामा अरु सदस्यले पुस्तान्तरणको कुरा उठाउ छन । यो अत्यन्त जायज़ छ । अत्यन्त अनिवार्य छ । यस्मा विलम्ब हुदा काग्रेसको छवि अन्यदलको अगाडी हास्यप्रद र खिल्ली र उपाहासको पाटी वन्न सक्छ। त्यती मात्र हैन यत्रो इतिहास बोकेको पाटी, लोकतन्त्रको लड़ाइमा सधै अगाडी रहेको काग्रेस जस्ले अन्यदललाइ पनि लोकतन्त्रमा अग्रसर गरायो । आज तिनै पाटीहरु जस्ले कांग्रेसलाइ लोकतन्त्रको गुरु मान्दथिए, जस्ले लोकतन्त्रको प्रेरणाश्रोत श्रोत र लोकतन्त्र को मुहान मन्दथिए तिनै दलको अगाडी काग्रेस निरिह देखिन्दै छ।र पछी पर्दै छ।
कांग्रेसको मुल सिध्दान्त लोकतन्त्र समाजवाद राष्ट्रियता जस्ता कुराहरुमा गणतन्त्रको स्थापना पछी विमुख वन्दै गइरहेको छ।यस्मा विमुख भएकै कारण मुलुकमा शुशान दिन र हुन सकेको छैन शुशासन लोकतन्त्रको पहिलो सर्त हो । भ्रष्टाचार चरम अवस्थामा छ यि सबै कुरामा काग्रेस सरकारमा हुदा पनि र नरहदा पनि मौन साधेको छ । यिनै कुरामा जनता काग्रेससंग निराश भएकाछन । काग्रेसको मुख ताक्न छोडेर विकल्पमा अन्य दल रोज्न थालेका छन । यसैको नतिजा हो संसदमा अन्यदलको दरो उपस्थिती छ।
गणतन्त्र आएपछी के काग्रेसको आफ्नो दाइत्व सकिएको हो? कांग्रेसको कर्तव्य सकिएको हो ? यिनै प्रस्नहरुको उत्तर पुस्तान्तरण हो भनिएको छ । सस्थापन इतरबाट उठाइएको यो पुस्तान्तरणले वास्तवमै काग्रेसमा पुस्तान्तरण गरेरनै विश्राम लिन्छ कि विचमै तुहिन्छ?
काग्रेसमा यस्ता विचार बिच बिचमा आउने गरेको छ र गन्तव्यमा नपुगी फर्केको पनि छ ।
यो पुस्तान्तरणको अहिले जसरी कुरा आएको छ । जसरी यस्को व्याख्या र विश्लेषण गरिएको छ त्यस्ले धेरै संसय पैदा गर्छ । जहा संसय हुन्छ त्याहा विश्वास र निष्ठा हुदैन , जहा संसय हुन्छ त्याहा भ्रम हुन्छ र त्यस्तो अवस्थामा पुस्तान्तरणले कार्यसिधिदीमा सफलता पाउदैन । कारण पुस्तान्तरण भित्र पनि यस्को व्याख्या र विश्लेषण गर्नेहरुले नितीका कुरा उठाउन विधीका कुरा उठाउन दादा गिरी डन जस्तै भाषामा पुस्तान्तरणको कुरा गर्दा भोली यस्मा पनि कार्यकर्तामा जनतामा अन्योल र द्विविधा हुन जान्छ र कार्यसिध्दीमा असफलता देखिन्छ । काग्रेस भित्र अर्को कुरा अनुशासन हिनता बड्दै गएको छ अराजक हुदै गएको छ ।यो अराजक पाटीभित्र शिर्ष नेता देखी कार्यकर्ता सम्म देखिएको र भोगिएको अनुभव पाटी पंक्तीमा छ। यिनै कुरामा परिवर्तन ल्याउदै पाटीलाइ परिमार्जित गर्नु पनि पुस्तन्तरण जरुरी छ। तर पुस्तान्तरण भित्र पनि कसरी अगाडी बडने , सामाजिक संन्जालमा कसरी प्रस्तुत हुने , सार्वजनिक सभासमारोमा के कुरा राख्ने । यस्मा पुस्तान्तरण भित्रका अगुवाइ गर्नेले पुस्तान्तरण भित्र साजा सहमती साजा एजेन्डा लिएर प्रस्तुत हुनु पर्ने देखिएको छ।
पुस्तान्तरण भित्र अहिले “दादागिरी “मै हु “भन्ने घमण्ड र अहंकार देखाउनु हुदैन । पाटी भित्र पदिय ज़िम्मेवारीमा कोही ठुल कोही साना अवस्य छन तर पुस्तान्तरण अभियानलाइ यो आन्दोलनलाइ सफल वानाउने हो भने पुस्तान्तरण भित्र यो भेद हटाउनु पहिलो र अनिवार्य सर्त हो ।
पुस्तान्तण भित्र भेद विरुध्दको लडाइ पनि हो र भेदकै विरुध्द पुस्तान्तरणको लडाइ हो यो सफल भए काग्रेस सफल हुन्छ ।
रुपान्तरण
हिजोको काग्रेसले आजको राजनीतिमा आफुलाइ रुपान्तरित गर्नै पर्छ । २००७ सालको राजनीति र त्यो अवस्थाको नेपाल छैन । आज नेपालको राजनीति गणतन्त्रमा प्रवेस गरिसकेको छ । तिन तहको राज्य व्यवस्था छ ।
सामाजिक , सांस्कृतिक , आर्थिक , धार्मिक अवस्था २००७ को जस्तो छैन । राणाकालमा स्थापना भएको काग्रेस अझैपनि पाटी भित्र राणाकालिन चरित्र , सोच विचार जीवन्त छ ।तै भएर पाटी भित्र राणाकालिन हैकम छ , ज़र साहेवको जस्तो हुकुम र तामेली देखिरहेको छ।
रुपान्तरण यही वाट सुरु हुनुपर्छ यस्को लागी प्रथम त पुस्तान्तरण आवस्यक छ । पुस्तान्तरण नभए सम्म रुपान्तरणको कल्पना गर्न सकिन्दैन। अहिले भइरहेको नेतृत्व र यो भन्दा पुर्वका नेतृत्वले पनि रुपान्तरणको आवस्यक्ता देखेनन र देख्दैनन पनि। जव रुपान्तरणको आवस्यक्ता देख्छन तब यिनिहरु वहिर्गमन हुनैपर्छ तै भएर सत्तामा केन्द्रित पुस्ता रुपान्तरणलाइ सत्रु ठान्छन वर्ग सत्रु ठान्छन ।
पुस्तान्तरण भित्र पनि उर्जावान , गतिमान मतिवान , विचारवान हुनै पर्छ र उस्ले काग्रेस राम्ररी बुजेको र काग्रेसमा रुजेको हुनुपर्छ ।त्यस्तो व्याक्ती को पुस्तान्तरणबाट आगमन भएमा समय सापेक्ष काग्रेसलाइ अगाडी वडाउन सक्छ। समयमानुकुल राजनीतिमा काग्रेसलाइ उभ्याउन सक्छ र राणकालिन विचार नीति र विधीमा आमुल परिवर्तन गरी चलाउन सक्छ।
तव मात्र काग्रेसको साख जीवित रहन्छ । जन विस्वास बडछ । पाटी पंक्तिमा पनि गर्वले “म काग्रेस मेरो काग्रेस”को भावना जागृत हुन्छ


