१४ मंसिर २०८३, आईतवार

सशस्त्र प्रहरीद्वारा नेपालगन्ज नाकाबाट २० लाख नेपालीसहित एक जना पक्राउ

एसीपी संवाददाता

२९ असार २०८०, शुक्रबार ०८:१० मा प्रकाशित

नेपालगन्ज। नेपालगन्जको सीमा नाकाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीको नेपालगन्ज भन्सारस्थित जमुनाह बिओपीबाट खटिएको टोलीले नेपालगन्ज-१५ जमुनाहको  शर्मा गल्लीबाट नेपालगन्ज-१६ जयसपुरका २० वर्षीय सोहेल कुरेशीलाई नेपाली २० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

चेकजाँचमा खटिएको सशस्त्र प्रहरीको टोलीले बिहिवार भारतको छिमेकी बजार रुपइडिहाबाट मोटरसाइकलको पछाडि बसेर नेपालगन्जतर्फ  आउँदै गरेका कुरेशीलाई चेकजाँच गर्ने २० लाख नेपालीसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार मोटरसाइकल चालक भने मोटरसाइकलसहित भारततर्फ फरार भएका छन् ।

सशस्त्र प्रहरीले श्रोत नखुलेको २० लाख रुपैयाँसहित कुरेशीलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार पठाएको जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x