१४ मंसिर २०८३, आईतवार

अमेरिकी सहायक विदेशमन्त्री र कांग्रेस सभापति देउवाबीच भेटघाट

एसीपी संवाददाता

३० असार २०८०, शनिबार ०९:३८ मा प्रकाशित

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

सहायक विदेशमन्त्री लु आज अपराह्न देउवालाई भेट्न देउवा निवास  धुम्बाराही पुगेका थिए । सभापति देउवाले लुसँगको भेटघाट फलदायी भएको बताएका छन् ।

भेटवार्ताका क्रममा लु र देउवाले नेपाल र अमेरिकाको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए ।

सहायक विदेशमन्त्री लु आज  बिहान काठमाडौं आइपुगेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x