१४ आश्विन २०८३, बुधबार
कांग्रेस सबैको पार्टी हो : सभापति देउवा
काठमाडौँ, । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सबैको पार्टी भएको बताएका छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएको बताएका हुन् ।
उनले भने, उनले भने, ‘नेपालको राजनीतिमा सबैको भूमिका सबैको सहभागितामा उदार हुनुपर्ने आवश्यकता छ । साथसाथै सबैलाई कुनै न कुनै किसिमले समावेशी, राजनीतिसहित सबै ठाउँमा, हरेक ठाउँमा उहाँहरूको पनि समावेशी हुन आवश्यक छ । सबै जनताको सहभागिता आवश्यक छ, पार्टीमा ।’ उनले सबैलाई सँगै र साथमा लिएर हिँड्न कांग्रेस तयार रहेको बताए ।
Subscribe
Login
0 Comments


