१४ आश्विन २०८३, बुधबार

बालेनले क्रिश्चियन मिसनरीलाई जोगाउन खोजेपछि तनाव, वडाध्यक्षहरुले गरे प्रतिकार

एसीपी संवाददाता

३१ असार २०८०, आईतवार ०९:२८ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र बाहले क्रिश्चियन मिसनरी संस्थालाई उन्मुक्ति दिन खोजेपछि तनाव भएको छ । बालेको यो कदमको वडाध्यक्षहरुले कडा विरोध गरेका छन् । वडाध्यक्षको प्रतिकारपछि बालेन पछि हटेका छन् ।

भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने भनेर साँस्कृतिक राष्ट्रवादको कार्ड खेलेका बालेनले इसाई धर्मका गल्तीलाई भने ढाकछोप गरेर उन्मुक्ति दिन खोजेका हुन् । क्रिश्चियन मिसनरीहरु नेपालमा योजनाबद्ध रुपमा दबाब, प्रलोभन र अन्धविश्वासमा जबर्जस्ती धर्म परिवर्तन गराउँदै हिँड्दा चौतर्फी विरोध भइरहेका बेला मेयर बालेनले भने क्रिश्चियन मिसनरीको अभियानलाई बढावा दिनेगरी अगाडि बढेका छन् ।

हालै महानगरको कार्यपालिका बैठकमा बालेनले इसाई धार्मिक संस्थालाई सम्पत्ति कर छुट दिने प्रस्ताव प्रस्तुत गरेपछि सदस्यहरु झसंग भएका थिए । काठमाडौँस्थित इसाई धार्मिक संस्था यहोवा समाजलाई घरजग्गाको सम्पत्ति कर छुटको प्रस्तावमा वडाध्यक्षहरुले एकैस्वरमा विरोध गरे । जसका कारण त्यो प्रस्ताव पारित भएन । यहोवा समाज इसाई धर्म प्रचार गर्ने विश्वव्यापी संस्था हो । विश्वका २३९ देशमा यसका शाखा कार्यालय छन् ।

यो संस्थाले निःशुल्क बाइबल बाँड्नेदेखि विभिन्न सामाजिक कार्यका नाममा इसाई धर्मको प्रचार–प्रसार गर्ने गर्छ । शाखाले गरेका धार्मिक गतिविधिवारे २४० वटा मुलुकमा रिपोर्ट गरिन्छ । काठमाडौँ महानगरको वडा नं ३, १३, १४ र १५ मा यो संस्थाको स्वामित्वमा घरजग्गा छ, जसको सम्पत्ति कर छुटका लागि मेयरले कार्यपालिकामा प्रस्ताव पेश गरेका थिए ।

प्रस्तावको विपक्षमा ८ नम्बरका वडाध्यक्ष आशामान संगत सुरुमै आपत्ति जनाउँदै विरोध गरे । वडा नम्बर २३ का वडाध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले हचुवाका भरमा धार्मिक संस्थालाई कर छुट दिन नमिल्ने जिकिर गरे ।

‘आज इसाई धर्म मान्नेलाई ९५ प्रतिशत कर छुट दिउँला, भोलि हिन्दू, इस्लाम, जैन, मुस्लिम, बौद्ध धर्म मान्नेले त्यही नजिर देखाएर भटाभट माफी मिनाहा माग्न आए भने के गर्ने ?’ महर्जनले उठाएको विषयमा सबै वडाध्यक्षहरूले सहमति जनाउँदै प्रतिवाद गरेपछि बालेन पछि हटेका थि ए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x