२१ कार्तिक २०८३, शुक्रबार

भारतले फ्रान्ससँग २६ राफेल युद्दक विमान खरिद गर्ने

एसीपी संवाददाता

३१ असार २०८०, आईतवार १८:०४ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने फ्रान्स भ्रमणबाट फर्केका छन् । यो भ्रमण दुवै देशका लागि निकै महत्वपूर्ण मानिएको छ ।
यस भ्रमणका क्रममा दुई देशबीच विभिन्न परियोजनामा सम्झौता भएका छन् । जसअनुसार अब भारत सरकारले भारतीय नौसेनालाई नवीनतम पुस्ताको लडाकु विमानले सुसज्जित गर्न राफेल मरीन छनोटको घोषणा गरेको छ।

भारतीय नौसेनाका ३६ राफेल युद्ध विमानहरु पहिले नै सेवामा रहेको बेला फ्रान्स भ्रमणपछि थप २६ राफेलहरूमा सामेल हुने भएका छन।

भारतमा सञ्चालन गरिएको सफल परीक्षण अभियान पछि यो सम्झौता बाहिर आएको हो । जसमा नौसेना राफेलले भारतीय नौसेनाको परिचालन आवश्यकताहरू पूरा गर्दछ र यसको विमान वाहकको स्पेसिफिकेशनहरूमा पूर्ण रूपमा उपयुक्त छ भनेर देखाएको छ।

डिफेन्स एक्विजिसन काउन्सिलले बिहीबार भारतीय नौ सेनाका लागि २६ लडाकू विमान राफेल एम खरिद गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ। रक्षा अधिकारीहरूले जानकारी दिएका छन कि ३६ विमान मध्ये २२ एकल सीटर र ४ ट्वीनसीटर छन्। यी विमान फ्रान्सको दासल्ट एभिएसनबाट खरिद गरिने छ ।

जानकारी अनुसार राफेल मरीन आईएनएस विक्रान्तमा तैनाथ हुन लागेको छ । सेप्टेम्बर २०१६ मा भारतले फ्रान्सबाट ५९ हजार करोड रुपैयाँमा ३६ राफेल विमान किनेको थियो ।

उल्लेखनीय कुरा के छ भने यो प्रस्ताव रक्षामन्त्री राजनाथ सिंहको नेतृत्वमा रहेको डिफेन्स एक्विजिसन काउन्सिल (डीएसी) ले अनुमोदन गरेको थियो ।

मरिन राफेल नौसेनामा सामेल भएसँगै नौसेनाको शक्ति मात्र बढ्ने छैन यसको साथसाथै सैन्य पराक्रममा पनि वृद्धि हुनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x