१४ मंसिर २०८३, आईतवार
कांग्रेसमा देउवाको साहसिक प्रस्ताव : केन्द्रीय समिति बैठक लाइभ गरेर जनतालाई देखाउने
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन् ।
लोकतन्त्र र खुलापनका लागि लडेको पार्टीका गतिविधि प्रत्यक्ष रूपमा जनतामाझ पुर्याउन सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा प्रस्ताव गरेका हुन् ।
उक्त प्रस्तावअनुसार मंगलबारबाट सुरू हुन लागेको केन्द्रीय समिति बैठक अनलाइन, सामाजिक सञ्जाल र टेलिभिजन लगायत माध्यमबाट प्रत्यक्ष प्रसारण हुनेछ । बैठकमा सभापतिसहित केन्द्रीय सदस्य राखेका धारणा र निर्णयहरू आमसञ्चार माध्यममार्फत सोझै जनतामाझ पुग्नेछ ।
मंगलबार दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्दैछ ।
Subscribe
Login
0 Comments


