जथाभावी थुतुनो चलाउने तोसिमा कार्कीका पीएको ब्रह्मलुट, दोहोरो तलबभत्ता खाएपछि चर्को विरोध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तोसिमा कार्कीका स्वकीय सचिव (पीए) श्रीकान्त रानाले बैतडीको डिलासैनी गाउँपालिका सद्भावना दूतका रुपमा नियुक्ति लिएर तलब भत्ता लिँदै आएको पाइएको छ ।
तोसिमाको सचिवालयमा नियुक्ति पाएर संसद सचिवालयबाट शाखा अधिकृत सरहको सेवा सुविधा लिँदै आएका रानाले स्थानीय तहबाट समेत सुविधा लिँदै आएको खुलेको हो । बैतडी स्थायी घर भएका रानाले त्यहाँको डिलासैनी गाउँपालिकाको सदभावना दूतका नाममा ५ महिनाअघि राजनैतिक नियुक्ति लिएका हुन् । सद्भावना दूत एवं स्वयंसेवकका रुपमा रानाले नियुक्ति लिएर भत्ता पचाइरहेका छन् ।
दोहोरो जिम्मेवारी लिएर सरकारी सेवासुविधा लिएपछि उनको आलोचना भइरहेको छ । गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले समाजमा रहेका विकृति न्यूनीकरण तथा सामाजिक सद्भाव कायम गर्नका लागि नियुक्ति दिइएको बताए । सेवा सुविधाका सन्दर्भमा कार्यविधि बनाएर भत्ता दिने गरेको जोशीले बताए । तर के कति भन्ने उनले खुलाएनन् । गाउँपालिकाका कर्मचारीहरुकाअनुसार रानाले काठमाडौंमै बसेर सदभावना दूतका नाममा १५ हजार मासिक बुझिरहेका छन् । कानुनअनुसार राज्यकोषबाट दोहोरो सुविधा लिन पाइँदैन । तर रानाले तोसिमाको सचिवालयमा बसेर दुइतिरै सुविधा लिइरहेका छन् । गाउँपालिकाका कर्मचारीहरुले पनि यसको विरोध गरेका छन् ।
एक कर्मचारीले कार्यविधिको नाटक गरेर कार्यकर्ता पोस्न सदभावना दूतका नाममा राजनैनिक नियुक्ति दिइएको र यो राज्यमाथिको ब्रह्मलुट भएको बताए । पछिल्लो समय तोसिमा पनि कयौं काण्डमा मुछिदै आएकी छन् । खासगरी थुतुनो जथाभावी चलाउँदा उनको चर्को आलोचना हुने गरेको छ । कहाँ के बोल्ने र के गर्ने हेक्का उनले राख्ने गरेकी छैनन् । चर्चामा आउनका लागि जे पनि बोलेर स्टन्ट गर्दा उनका लागि बेला बेला आत्मघाती हुने गरेको छ ।


