१४ मंसिर २०८३, आईतवार

विश्वको तापक्रम अझ बढ्दै,थप तीव्र गर्मीको सामना गर्नुपर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एसीपी संवाददाता

३ श्रावण २०८०, बुधबार ०६:२४ मा प्रकाशित

एजेन्सी । विश्वको तापक्रम अझ बढ्दै गएको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । उत्तरी गोलार्धका देशहरु बढ्दो तापक्रमबाट आक्रान्त भइरहेका बेला विश्वले अझै तीव्र गर्मीको सामना गर्न तयार रहनुपर्ने राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लूएमओ) को विश्व तापमान वृद्धिमामिला वरिष्ठ सल्लाहकार जोन नायरनले जेनेभामा पत्रकारहरूसँग भने, “यी घटनाहरू तीव्रतामा बढ्दै जानेछन् र विश्वले थप तीव्र गर्मीको लागि तयारी गर्न आवश्यक छ ।”

उत्तरी गोलार्धमा थप उच्च तापक्रमको सामना गरिरहेको बेला भीषण गर्मी र डढेलोका कारण ग्रीसको समुद्री किनारको रिसोर्टनजिकै रहेका एक हजार २०० बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपरेको यूरोपले मङ्गलबार जनाएको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x