१४ मंसिर २०८३, आईतवार

अपडेटः विमानस्थलबाट बरामद सुन ८० किलोभन्दा माथि, तीन जना पक्राउ

एसीपी संवाददाता

४ श्रावण २०८०, बिहीबार ०६:२४ मा प्रकाशित

काठमाडौं – राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको राससलाई जानकारी दिए । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ ।

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उनको भनाइ छ ।

सुन हङ्कङबाट आएको खुलेको विभागका महानिर्देशक ढुंगानाले प्रष्ट पारेका छन् । थप अनुसन्धान जारी रहेकाले बिहीबारसम्ममा धेरै कुराहरु खुल्ने उनको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x