१६ जेष्ठ २०८३, शनिबार

सुन तस्करी चिनियाँ नागरिक अखाडा बन्दै काठमाडौं

एसीपी संवाददाता

६ श्रावण २०८०, शनिबार १३:१२ मा प्रकाशित

काठमाडौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले पक्राउ गरेको चिनियाँ नागरिक लिन जेछियाङ चार दिनअघि नेपाल आएको खुलेको छ।

झण्डै सय किलो सुन प्रकरणमा सोझो कनेक्सन भएका उनी पटकपटक नेपाल आएको देखिएको कार्यालयका एक कर्मचारीले बताए। ‘पक्राउ परेका लिन धेरै पटक नेपाल आएको देखिएको छ,’ उनले भने, ‘सुनका मुख्य गिरोह रहेको केही आधारहरु पनि भेटिएका छन्।’

पक्राउ परेका चिनियाँ नागरिक राजस्व अनुसन्धान विभागलाई हस्तान्तरण गरिसकिएको ती कर्मचारीले बताए। बुधबार नै प्रहरीले सामान बरामद गरेको ट्याक्सीका चालक, भन्सार एजेन्ट लागयत ६ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि नेपाल आएको देखिएको छ।

विभागको टोलीले यस घटनामा अन्यको पनि संलग्नता रहेकाले खोजी गरिरहेको छ।बिजमानडु

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x