१४ मंसिर २०८३, आईतवार
पूर्णबहादुर खड्काले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड साउन १० सम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रममा भाग लिन शनिबार इटाली प्रस्थान गरेपछि खड्कालाई कार्यवाहक प्रधानमन्त्री बनाइएको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले खड्कालाई कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।
खड्काले कार्यवाहकका रुपमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने छन् ।
Subscribe
Login
0 Comments


