१३ आश्विन २०८३, मंगलवार

नेपाल सुन तस्कर र भ्रष्टहरूको स्वर्ग हुन थालेको छ : अर्जुननरसिंह केसी

एसीपी संवाददाता

७ श्रावण २०८०, आईतवार १७:२३ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अर्जुन नरसिंह केसीले नेपाल तस्कर र भ्रष्टहरुको स्वर्ग हुन थालेको बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा आइतबार बोल्दै नेता केसीले नेपाल गम्भीर संकटको चक्रब्युह वा संकटको पासोतिर उन्मुख भएको भन्दै भ्रष्टाचारको बाढी, ऋणको भारी र शक्तिराष्ट्रका द्वन्द्वको चक्रब्युहतिर भूभाग धकेलिएको बताए ।


arjunnasingh kc 2080-04-07

उनले कांग्रेस किन भ्रष्टचारको संरक्षक भएको ? जस्ता आरोप खेप्नुपरेको भन्दै नेतृत्वलाई प्रश्न गरेका छन् । उनले भने, ‘यसको विरुद्ध आन्दोलनको नेतृत्व  कांग्रेसले नै गर्नुपर्छ । ललिता निवास र नक्कली भुटानी शरणार्थी काण्डमा हाम्रो मौनताले पार्टी क्षतिग्रस्त हुन्छ भन्ने कुरा नभुलौँ । भर्खरै त्रिभुवन विमानस्थलबाट रहस्यमय रुपले निकालिएको तर बरामद भएको एक क्विन्टल  सुनभित्र भएका हातहरूको बारेमा कौतुहलमय सनसनी उब्जेको छ । यसका भरियालाई मात्र पक्राउ गरेर यसको पछाडि रहेका शक्तिकेन्द्रलाई जोगाउने धृष्टता नहोस् ।’

उनले गल्ती स्वीकार गरेर जानुपर्ने भन्दै छ पृष्ठ लामो उनको भनाइ र सुझाव पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।  हाम्राकुरा


सुन तस्करीमा चिनियाँ नागरिक पक्राउ सङै चिनियाँ नेताको नेपाल भ्रमण

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x