९ आश्विन २०८३, शुक्रबार

व्यवस्था दलित मैत्री भएन भने प्रतिकार हुन्छ: खगेन्द्र सुनार

एसीपी संवाददाता

१० श्रावण २०८०, बुधबार ०८:४९ मा प्रकाशित

दलित अधिकार अभियान्ता खगेन्द्र सुनारले समाजको व्यवस्था दलित मैत्री भएन भने प्रतिकार हुने बताएका छन । सत्यको पक्षमा बोल्दा जेल जानुपर्ने अवस्था आएमा देशभरका ७७ जिल्लाका जेलहरुमा बस्ने गरी आन्दोलन गर्ने जनाएका उनले आफ्नो आन्दोलनले लेखेको र देखेको कुरामात्रै बोलेको बताएका हुन ।
दलितका लागि दलित आन्दोलन, नेपालका संयोजक समेत रहेका सुनारले सल्यान श्रीनगरमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानमा लेखेका कुरा लागु गर्नुपर्छ भन्दै देखेका कुरा बोलेको भन्दै यसलाई व्यापक बनाउने बताएका छन।
लोकतन्त्रमा कसैले दिने र कसैले माग्ने भन्ने हुदैन भन्दै उनले अधिकारका लागि आफुले गत बैशाख १ देखि ८४ बुदाका साथमा आन्दोलन थालेका बताएका हुन । कर्णाली सरकार मुख्यमन्त्रीको कार्यालय समक्ष राखेका ति बुदाहरुमा दलितमैत्री नीति कार्यक्रम तथा बजेट र ऐन कानुन निर्माणका कुरालाई मुख्य विषयबस्तु बनाइएको र यसलाई देशव्यापी बनाइने बताए ।
आगामी असोज ३ गते संविधान दिवसको दिन सुर्खेतमा ५० हजार दलितका १ लाख हात र १० लाख औलाले राज्यलाई प्रश्न गर्ने जनाएका उनले राजधानीको टुडिखेलमा १ लाख दलितलाई अधिकारका लागि उभ्याउने बताएका छन।
पत्रकासंगको कुराकानी क्रममा उनले चेतनायुक्त रुपमा दलितका नवसेना ६० लाख भएको र तिनले आफ्नो अधिकारका लागि आफै लड्ने बताए । आफ्ना लागि आफै वा दलितका लागि दलित आन्दोलन नेपालको जन्म ३ बर्ष पहिला रुुकम र जाजरकोटको सिमाना भेरी नदिमा बगेको नवराजको रगतबाट भएको र यसले अधिकारको लडाइ लडिरहेको बताएका हुन ।
दलितका लागि दलित अभियान नेपालका सल्यान संयोजक प्रेम नारायण विकको अध्यक्षतामा भएको पत्रकार सम्मलनको सहजिकरण खेमराज स्वर्णकारले गरेका थिए ।  दलितका लागि दलित अभियान नेपाले आज श्रीनगरमा जिल्लाका दलित अगुवाको भेला गरेको पनि गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x