१४ मंसिर २०८३, आईतवार

नेपालगञ्जमा अत्याधुनिक लक्जरी मल्टिप्लेक्स हल ‘सिने रोयल’ सञ्चालनमा

एसीपी संवाददाता

१२ श्रावण २०८०, शुक्रबार ०७:२३ मा प्रकाशित

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि अत्याधुनिक लक्जरी मल्टिप्लेक्स हल ‘सिने रोयल’ सञ्चालनमा आएको छ । आज एक कार्यक्रमका बीच हलको उद्घाटन गरिएको छ । उद्घाटनका अवसरमा पत्रकार सम्मेलन गरेर हलबारे जानकारी गराइएको थियो । आज पहिलो दिन निःशुल्क फिल्म समेत देखाइएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरमा निर्माण भएको हलमा भोलिदेखि सर्वसाधारणले फिल्म हेर्न पाउने भएका छन् ।

No description available.

नेपालकै पहिलो ‘थ्री वे जेबिएल डल्बी एटमस साउण्ड सिस्टम र बार्को कम्पनीको लेटेस्ट प्रोजेक्सन ‘ मा आधारित ३ वटा स्क्रिन भएको सिने रोयलको दुई वटा हल २ सय ५० र २ सय ५० क्षमताको तथा तेस्रो हल १ सय ५० सिट क्षमताको रहेको ‘सिने रोयल’का प्रबन्ध निर्देशक डा. राहुल थापाले बताए । २५ करोड लागतमा अत्याधुनिक सिनेमा हल निर्माण गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x