१४ मंसिर २०८३, आईतवार

सुन तस्करी प्रकरण : चिनियाँ नागरिक लिनको गोदाममा भेटियो सुन गाल्ने मेसिन

एसीपी संवाददाता

१२ श्रावण २०८०, शुक्रबार ०८:४२ मा प्रकाशित

काठमाडौं । सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिनको काठमाडौंस्थित गोदाममा सुन गाल्ने ठूलो मेसिन भेटिएको छ ।
राजस्व अनुसन्धान विभागको टोलीले बालुवाटारस्थित उनको गोदाममा छापा मार्दा सुन गाल्ने मेसिन भेटिएको हो । स्रोतका अनुसार उनको गोदाममा फेला परेको मेसिन राष्ट्र बैंकसँग रहेको भन्दा बढी क्षमताको छ ।
लिन एक वर्षदेखि नेपालमा कम्पनी खोलेर बसिरहेका छन् । विभागको टोलीले बुधबार आशंकामा रहेका चिनियाँ र भारतीय नागरिक बस्ने क्षेत्रमा पनि अनुसन्धान गरेको थियो ।
विभागले व्यवसायी राकेश अडुकियाको घरमा पनि छापा मारेको छ भने उनको गोदाममा पनि छापा मारेर केही ब्रेक शु राखिएको कार्टुन बरामद गरेको जनाएको छ । यस्तै साउन ३ गते काठमाडौंबाट बरामद भएको सुनको अहिलेसम्म तौल लिइएको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x