१४ मंसिर २०८३, आईतवार

हाम्रै आग्रहमा डिएलएको अधिवेशन सरेको हो : उपप्रधानमन्त्री खड्का

एसीपी संवाददाता

१३ श्रावण २०८०, शनिबार ०७:११ मा प्रकाशित

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले डेमोक्रेटिक लयर्स एसोसिएसनको निवर्तमान कार्यसमितिले आफ्नो पद लम्ब्याउनले वहानामा  अधिवेशन सारेको भन्ने कुरा झुटो भएको दावी गरेका छन् ।

शुक्रबार डेमोक्रेटिक लयर्स एसोसिएसनको कार्यक्रममा उपप्रधानमन्त्री खड्काले तीन वर्ष लगतै हुनुपर्ने अधिवेशन पाँचौ वर्षमा डेमोक्रेटिक लयर्स एसोसिएसनको पदाधिकारीको कारणले नभई आफूहरुको आग्रहमा सरेको बताएका हुन् ।

उनले भने,‘ कहिँ पनि दुविधा नहुनु होस् डीएलएको तीन वर्ष लगतै हुनुपर्ने अधिवेशन पाँचौ वर्षमा डिएलएको पदाधिकारीको कारणले वा नेताहरुको कारणले सरेको होईन् । पार्टीको अधिवेशन कोरोना ,स्थानीय चुनाव नजिकिए सँगै सरेको हो । हाम्रै आग्रहमा रोकिएको हो ।’

अझै पनि निवर्तमान कार्यसमितिलाई आफ्नो पद लम्ब्याउनका लागि बहानाबाजी गरे भन्ने कुरा कतै बाँकी छन् भने त्यो कुरा आज देखि विर्सन अनुरोध गरे । नेपालबहस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x